नवलपरासीमा बस पल्टिँदा १६ घाइते

559
views

प्रकाश सापकोटा
नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा बिहीबार बिहान बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । नवलपरासीको कावासोतीमा दाङबाट काठमाडौं जाँदै गरेको ना ६ ख ६३०१ नम्बरको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा चारजना गम्भिर भएका छन् ।

दाङ सतवरीया–८ का २६ वर्षीया पूजा तामाङ, दाङ लमही–९ का ३० वर्षीया कल्पना बुढामगर, देउखुरीका ४७ वर्षीया रामदुल्ली चौधरी र ५० वर्षीय प्रदेसु चौधरीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

घाइते १२ जनाको कालीगण्डकी अस्पताल कावासोती र गम्भीर घाइते चार जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।