सी डिभिजन लिग फुटबल प्रतियोगिता फागुनको तेस्रो साता

544
views

काठमाडौं । लामो समयदेखि रोकिएको सहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो सातादेखि हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा र सी डिभिजन क्लबका प्रतिनिधिबीच हिजो भएको बैठकले प्रतियोगिताको मिति तोकेको हो ।एन्फाले कर्मा छिरिङ शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेलगत्तै ए, बी र सी डिभिजन लिग आयोजना गर्ने घोषणा गरे पनि सी डिभिजन लिगको औपचारिक तयारी गरेको थिएन ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा हिजो भएको बैठकले लिगको मितिसँगै विभिन्न विषयमा सहमति जुटाएको छ । लिगको तयारीका लागि एन्फाले प्रत्येक क्लबलाई ४र४ लाख रुपैयाँ उपलब्ध गराउनेछ । सी डिभिजन लिगमा ११ क्लबले खेल्नेछन् ।

सहभागी क्लबलाई दुई समुहमा बिभाजन गरेर खेलाईनेछ । हरेक समूहका शीर्ष दुई टोली सुपर लिगका लागि छानिनेछन् । एन्फाको आयोजनामा हाल ए डिभिजन लिग फुटबल प्रतियोगिता चलिरहेको छ । लिगका पहिलो चरणका खेल सकिएका छन् ।

पहिलो चरणकैबीचमा दुई पटक लिग रोकिएको छ । नेपाली राष्ट्रिय फुटबल टोली बंगबन्धु गोल्डकप खेल्न बंगलादेश जाँदा पहिलो पटक लिग रोकिएको थियो ।

यसपछि सुचालु भएको लिग नेपालीहरुको महान चाड दसैं, तिहार र छठका कारण फेरि रोकिएको थियो । बाँकी खेल आगामी शनिवारदेखि हुँदैछन् । ईमेज खवरबाट