बुद्ध सन्देश डटकमद्धारा ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग

1015
views

समिता गौतम
पर्वत, २९ कार्तिक । रुद्र मिडिया प्रालिद्धारा संचालनमा आएको बुद्ध सन्देशको सक्रियतामा पर्वतमा रहेका रक्तक्यान्सर पिडितलाई १ लाख ८० हजार रुपियाँको राहत प्रदान गरिएको छ । कुश्मा नगरपालिका १४ का ब्लड क्यान्सर पीडित अर्जुन गौतममलाई सो रकम हस्तान्तरण गरिएको हो ।

बाबु शुक्रराज गौतम र आमा खेमकुमारी गौतमका २ छोरा र ४ छोरी मध्येका एक छोरा अर्जुन गौतम लाई रक्त क्यान्सर भएको थियो ।

एक छोरीको मृत्युको खोजखवर नहुनु, गौतम परिवारको घर ०७२ को भूकम्पले ध्वस्त हुनु, जस्ता पीडा पिडित गौतम परिवगारलाई खपिनसक्नु थियो, पिडित गौतमपरिवारको घरको बारेमा सुनाएपछि उपस्थित सबै भावुक बनेका थिए । गौतमको आर्थिक अवस्था कमजोर को कारण सहयोगको भरमा उपचार भईरहेको छ । भरतपुर कयान्सर अस्पतालबाट उपचार गराइरहेका गौतमलाई आर्थिक सहयोग गर्ने आश्वासनसँगै मनोबल उच्च राख्न हौसला प्रदान कार्यक्रममा गरिएको थियो ।

रुद्र मिडिया प्रा.लि.द्वारा सञ्चालित बुद्ध सन्देश डटकमको कार्यालय उद्घाटनका क्रममा ब्लड क्यान्सर पीडित अर्जुन गौतमलाई प्रतीनिधि सभाका सांसद पदम गिरी र रुद्र मिडिया प्रालिका अध्यक्ष अनिरुद्र सुवेदीले सो रकम हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बोल्दै सो अवसरमा बोल्दै माननीय सांसद पदम गिरीले ब्लड क्यान्सर पीडितलाई राहात हस्तानान्तरण गर्दै अर्जुन गौतम बचाउ अभियान सबैको साझा अभियान भएको बताए । गिरीले रोजगारीको शिलशिलामा विदेशी भूमिमा रहेर पनि आफ्नो जिल्लामा जीवन र मरणमा रहेका पीडितहरुलाई राहत संकलन गरेर आर्थिक सहयोग गरेकोमा प्रसंसा गरे ।

सो अवसरमा ब्लड क्यान्सर पीडित अर्जुन गौतमका बुवा आमाको बारेमा मामा डिल्ली सुवेदीले दयनीय पारिवारीक अवस्थाका बारेमा कथा सुनाउँदा सहभागीहरु भावुक बनेका थिए । कार्यक्रममा गौतमका बुवा शुक्रराज गौतम र आमा खेमकुमारी गौतमको समेत उपस्थिति रहेको थियो ।