चन्दननाथ नगरपालिकाको गाडीमा आगजनी, गोठीचौरमा तोडफोड

642
views

जुम्ला, (खलंगा), २, मंसिर । चन्दननाथ नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेका छन् । क १ झ १ नम्बरको गाडि राति एक बजे जलाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

राती करिब १ः१० बजे नगरपालिकाका पाले बिष्णु प्रसाद न्यौपानेले गाडी आगलागी भएको थाहा पाएको र सवैलाई जानकारी गराएको बताए । उनले आफु र सानो छोरा सुतेको अवस्थामा पूर्वतिर रहेको ढोकामा अज्ञात व्यक्तिले ढक ढक हान्दा ढोका खोलेर हेर्दा गाडी जलिरहेको देखेको न्यौपानेले बताए ।

गाडीको माथिल्लो भाग पुरै जलेको छ । यदि व्याट्री पडकिएको भए । नजिकै राखिएको नगरपालिकाको फोहर फाल्ने गाडि समेत जल्ने थियो । पूर्वमा रहेको ग्यासको पसल आगोले समातेको भए धेरै क्षति हुने थियो । जलेको गाडी रु ४० लाख बराबरको भएको निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाको भनाई छ । नगरपालिका मेयर भारत र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएका छन् ।

यता जिल्लाको गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरि कम्प्यूटर ईलेक्टोनिक सामाग्रीहरु नष्ट गरिएका छन् । डिजिटल गाउँपालिको रुपमा लाखौका सामग्री नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद शर्माले जानकारी दिए ।

गाउँपालिकामा जडान गरिएको सिसि क्यामरा चुडेर फालिएको छ । घटनाको विवरण सहित अनुसन्धान शुरु भएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिए ।