जापानले दियो नेपाललाई नयाँ स्काभेटर उपहार

973
views

रामपुर । जापानी कम्पनीले पाल्पाको मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्य सहकारी संस्था लिमिटेड निस्दी–४ लाई उपहार स्वरुप मिनी स्काभेटर उपहार दिएको छ ।

जापानको टोहोकु कुरोसावा केन्सेत्सु कम्पनी र हाशिमोटो केन्की कम्पनीले १९ किलोवाट क्षमताको ब्रेकरसहितको कोबेल्को कम्पनीको स्काभेटर प्रदान गरेको हो । स्थानीयस्तरमा कृषियोग्य जमिनको व्यवस्थापन र सडक मर्मतमा राहत प्रदान गर्ने उद्देश्यले स्काभेटर उपलब्ध गराएको हो ।

सहकारीका सदस्य दमनसिं पाटा र व्यवस्थापक हेमबहादुर खाम्चालाई बिहीबार मित्यालमा आयोजित कार्यक्रम टोहोकु कुरोसावा केन्सेत्सु कम्पनीका सिओ साटो र हाशिमोटो केन्की कम्पनीका सिओ हासिमोटोले स्काभेटरको चाबी हस्तान्तरण गरे ।

उनीहरूले पाल्पा जिल्लामा २० वर्षभन्दा बढी सेवा गरिसकेका जापानी नागरिक काजुमासा काकिमीको सहयोगमा आफ्नो आठ वर्षदेखिको उपहार दिने सोच पूरा भएको बताए ।