प्रकाश दाहालको पहिलो स्मृतिसभा

588
views

काठमाडौं । २०७४ साल मंसिर ३ गतेका दिन लाजिम्पाट स्थित निवासमा निधन भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालको पहिलो स्मृतिसभा सम्पन्न भएको छ ।

प्रकाशको स्मृतिमा प्रचण्ड निवास खुमलटारमा भएको कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका नेताहरू, कार्यकर्ता, सरकारका मन्त्रीहरू, कलाकारहरुको उपस्थिति रहेको थियो ।

सहभागिहरुले प्रकाशको फोटोमा माल्यार्पण गरेका थिए । प्रकाश दाहालका शुभेच्छुकहरुले देशका विभिन्न स्थाहरुमा दीप प्रज्वलन गरी स्मृसति सभा मनाईरहेका छन् । तात्कालिन नेकपा माअ‍ेवादी केन्द्रका पोलिट ब्युरो सदस्य समेत रहेका दाहाल प्रचण्डका स्वकिय सचिव समेत रहेका थिए ।

प्रकाश दाहालका सर्मथकहरुले समाजिक सञ्जाल मार्फत पनि शोक वयक्त गरेका छन् । प्रकाश दाहालको पहिलो स्मृति सभामा अध्यक्ष पुष्पकमल दाहालले छोरा प्रकाश दाहाल र २ वर्ष पहिले निधन भएकी छोरी ज्ञानुको नाममा प्रज्ञा स्मृति प्रतिष्ठान स्थापना गरिएको घोषणा गरेका छन् ।