नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम

853
views

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा ईप्रका हुवासमा नागरिक सुनुवाई तथा अन्तक्रिया कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले सम्पादन गरेको काम कारवाहिको वारे नागरिक सुनुवाई कार्यक्रम गरेको हो ।

कार्यक्रममा पैयूं गाउपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल ज्युको प्रमुख आतिथ्यता, पैयु गाउपालिका उपाध्यक्ष जसमती गुरुङ र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्र.ना.उ. भुवनेश्वर तिवारी लागायत सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रहरीले गरेका काम कारवाही तथा शान्ति सुरक्षा सम्वन्धी उठेका जिज्ञाशा, सुझाव, सल्लाह र प्रतिक्रियाहरुको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारी र पैयु गाउपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारीले सम्वोधन गरेका थिए ।

कार्यक्रमको सञ्चालन ईप्रका हुवास पर्वतका प्रमुख प्रहरी निरीक्षक मित्र वहादुर आचार्यले गरेका थिए ।