वीर अस्पतालका न्युरो सर्जन डा.अधिकारीले दिए राजीनामा

641
views

काठमाडौं । वीर अस्पतालका न्युरो सर्जन डा ध्रुवराज अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले दिएको आफ्नो राजीनामा पत्रमा चाकडी र घुस दिन नसकेको उल्लेख गरेका छन् ।

सोमबार पदबाट राजीनामा दिएका उनको राजीनामा पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ । ‘पूर्वाग्रह साथ दुःख दिएको, चाकडि र घुस समेत डिमाण्ड अनुसार दिन असक्षम हुँदा राजीनामा दिएको छु’ उनको राजीनामा पत्रमा भनिएको छ ।

अधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा पत्र बुझाएका छन् । उनले राजीनामा पत्रमा विगत एक वर्षदेखि वीर अस्पतालको न्यूरो सर्जरी विभागमा तलव विहिन भएर काम गर्दै आएको समेत उल्लेख गरेका छन् ।