सुनसरीमा गोली हानी एकको हत्या

747
views

इटहरी । सुनसरीको दुहबीमा जय बाबा ईटा उद्योगका मेनेजरको गोली हानी हत्या भएको छ । बुधबार बिहान दुहबी नगरपालिका–९ मा रहेको जय बाबा इँटा उद्योगका मेनेजर ५४ वर्षीय फिदा हुसेनको गोली प्रहारबाट हत्या भएको हो ।

मर्निङवाकमा रहेका हुसेनमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि नोबेल अस्पताल, विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिएका छन् ।