राष्ट्रिय सड्क सञ्जालमा जोडियो डोल्पा दुनै सडक

759
views

दुनै । हिमाली जिल्ला डोल्पा राष्ट्रिय सड्क सञ्जालमा जोडिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार जाजरकोट–डोल्पा सडकको उद्घाटन गरेका छन् । जाजरकोटको पासगाडबाट त्रिपुराकोटसम्मको १ सय ३ दशमलव ४ किलोमिटर सडकको कच्ची ट्र्याक खुलेसँगै डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।

राष्ट्रिय प्राथमिकतामा रहेको उक्त जाजरकोट–डोल्पा–दुनै सडक नेपाली सेनाले निर्माणाधिन जिम्मा लिएको थियो । डोल्पा जिल्लाको त्रिपूराकोट छलगाड चौरमा भएको विशेष कार्यक्रममा उप–प्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले ट्रयाक एवं यातायात संचालनको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा पनि सहभागि थिए । डोल्पा जिल्लालाई पहिलो पटक सडक संजालमा जोड्ने ११७.७७ कि.मि. सडकको निर्माण कार्य नपाली सेनाले २०६६ फाल्गुन २७ गतेबाट शुभारम्भ गरेको थियो ।

कार्यक्रममा नं. ६ प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही, सडक विभागका महानिर्देशक रविन्द्र नाथ श्रेष्ठ, नेपाल सरकारका पदाधिकारीहरु लगायत नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।