पूर्वलडाकुद्वारा गृह मन्त्रालयमै विष सेवन

549
views

काठमाडौं, ६, कार्तिक । शान्ति सम्झौताको दिन (बुधबार) गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका एक पूर्वलडाकुले गृह मन्त्रालयमै विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् । ३५ वर्षीय कुलप्रसाद भट्टराईले बुधबार साँझ विष सेवन गरेका हुन् ।

गृहमन्त्री थापालाई भेट्न गएका सामूहिक टोलीमा उनी कार्यकक्ष प्रवेश गरेका थिए । द्वन्द्वकालमा आफूलाई गोली लागेको र कुनै सहयोग नपाएको भन्दै उनले आँसु झारेका थिए । खान, लाउन समस्या हुँदा पनि पार्टी र सरकारले केही नगरेको भन्दै उनले खल्तीबाट विष निकालेर सेवन गरेका थिए ।

तत्कालै सुरक्षाकर्मीले उनलाई वीर अस्पताल पुर्याएका थिए । अस्पतालले विष सेवन गरेको पुष्टि गरेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । भट्टरार्ई पूर्वलडाकुहरूको एक समूहसँगै काठमाडौंमा बस्दै आएका छन् । नयाँ पत्रिकाबाट