डडेल्धुरा बस दुर्घटनामा १८ जनाको मृत्यु

622
views

धनगढी । डडेल्धुराको उग्रतारा मन्दिरको जात्रा हेरेर फर्किरहेका यात्रु चढेको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बिहीबार बेलुकी डडेल्धुराको अमरगढी नगरपालिका–११ मा पर्ने केआई सिंह राजमार्गको रडुवा भन्ने स्थानमा डोटीको पीसजोन विद्या निकेतनको से १ क २९३ नम्बरको बस दुर्घटना भएको थियो । मृतक १८ जनामध्ये ५ जना महिला र १३ पुरुष रहेको सुदूरपश्चिम प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १३ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । गभ्भीर घाइते १५ जनालाई उपचारका लागि धनगढी ल्याइएको छ ।

यस्तै अन्य ८ जनाको मायामेट्रोसहितका धनगढीका अन्य अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका दुई जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । बसमा ४८ जना यात्रु सवार रहेको जनाइएको छ ।