राजतन्त्र फर्किन्छ–केसी

835
views

काठमाडौं, ७ मंसिर । राष्टिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा फेरि राजतन्त्र फर्किने दाबी गरेका छन् । ऋषि धमलासँग भएको कुराकानीमा अध्यक्ष केसीले देशको वर्तमानको परिस्थिति राजतन्त्र फर्काउने खालको बनेको दाबी गरे ।

कुराकानीमा केसीले भने ‘मैले हावाको भरमा यो कुरा भनिरहेको छैन । अहिले जुन किसिमको वातावरण बनेको छ, गणतन्त्र पक्षधरहरुको जो चरित्र छ । त्यसको आधारमा म यो कुरा भनिरहेको छु ।’

हिजो राजाको आडमा शासन, सत्ता र शक्तिमा पुगेकाहरु अहिलेपनि जिवितै रहेकोले उनीहरु त्यो हिजोको स्वर्गीय आनन्द फेरि लिनको लागि खुलेआम हिँडिरहेको पनि केसीले स्पष्ट पारे । उनले भने,”उनीहरु अहिलेपनि खुलेआम राजतन्त्र चाहिन्छ भनेर हिँडिरहेका छन् ।”