नेपाल पत्रकार महासंघ पर्वत शाखाको दशौं साधारण सभा, ६ सञ्चारकर्मी पुरस्कृत हुँदै

856
views

पर्वत । नेपाल पत्रकार महासंघ पर्वत शाखाको मंसीर ६ गते बसेको बैठकले नेपाल पत्रकार महासंघ पर्वत शाखाको दशौ साधारणसभा गर्ने निर्णय गरेको छ । २०७५ मंसिर १४ गते हुने साधारण सभामा नेपाल पत्रकार महासंघ पर्वत शाखाले प्रदान गर्दै आइरहेको सृजनशिल पत्रकारिता पुरस्कार पुरस्कार छनौट समितिले गरेको सिफारिसका आधारमा ६ जना सञ्चारकर्मीलाई सिर्जनशिल पुरस्कार दिने निणय पनि गरेको छ ।

बर्ष २०७० को पुरस्कार सन्तोष थापा (नयाँ पत्रिका दैनिक), बर्ष २०७१ को पुरस्कार गणेश पौडेल (गोरखापत्र दैनिक), बर्ष २०७२ को पुरस्कार, माया अधिकारी (अन्नपूर्ण पोष्ट दैनिक), बर्ष २०७३ को पुरस्कार अगन्धर तिवारी ( कान्तिपुर दैनिक), बर्ष २०७४ को पुरस्कार राजबाबु पिसी (बुद्ध अनलाईन डटकम),बर्ष २०७५ को पुरस्कार रोशन तिवारी (रेडियो नेपाल) नेपाललाई दिने निर्णय सार्वजनिक गरेको छ ।

३) आगामी १४ गते हुने नेपाल पत्रकार महासंघ पर्वतको दशौं साधारण सभाका दिन महासंघमा आवद्ध सदस्यहरुका वीच मैत्रीपूर्ण बनभोज कार्यक्रमको समेत आयोजना गर्ने गरी उपाध्यक्ष प्रनिश गिरीको संयोजकत्वमा सदस्यहरु कृष्ण अखेली, उत्तम अधिकारी, साजन परियार र महेन्द्र जिसी सदस्य रहेको ब्यवस्थापन समिति गठन गर्ने निर्णय पनि गरेको सचिव गणेश गिरीले जनाएका छन् ।