दूध बेचेरै मासिक ६० हजार आम्दानी

684
views

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवाका लक्ष्मीप्रसाद शर्माले मासिक ६० हजार रुपैयाँको दूध बिक्रि गर्दै आएका छन् ।

गत आठ बर्षदेखी पशुपालन र तरकारी खेती शुरु गरेका उनले छवटा उन्नत जातका गाई र एउटा भैँसीबाट ६० हजारको दुध बिक्रि गर्दै आएको बताए । छवटा गाईमध्ये अहिले चारवटा गाई दुहुना छन् उनले भने चार गाई र एउटा भैँसीको दूधले अहिले राम्रो आम्दानी भएको छ ।’

शर्माले दैनिक ४० लिटर दूध बिक्री गर्दै आएका छन् । गर्भवती रहेका दुईवटा गाई ब्याउने हो भने मेरो आम्दानी दोब्बरले बढ्छ, उनले भने दुधसँगै पाँच कट्ठामा काउली, बन्दा, मुला, आलु, टमाटर लगायतका तरकारीबाट पनि राम्रै आम्दानी भएको छ । सिजनमा दुई लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको उनको भनाई छ ।