ब्रेथलाइजर विग्रियो, हरायो मापसे चेकिङ

906
views

शोभा जिसी
नवलपरासी, १३, मंसिर । मादकपदार्थ सेवन गरे नगरेको चेकिङ गर्ने मेसिन विग्रिए पछि नवलपुरमा मापसे चेकिड्ड गर्ने क्रम रोकिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र कहिले प्रहरीले प्रयोग गर्दै आएको मापसे चेकिङ्ग गर्ने मेसिन (ब्रेथलाइजर) विग्रिएको हो । ब्रेथलाइजर विग्रिएको ६ महिना जति भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मणराज शाहीले भने कहाँ बन्छ थाहा छैन त्यसैले नयाँ माग गरेका छौं । शाहीले मेसिन विग्रिए पनि मापसे गरे नगरेको चेकिङ हेरेर पनि थाहा हुने भएकोले बेला बेला चेकिङ हुने गरेको दावी गरे ।

मापसे चेकिङमा मापसे गरेका भेटिएकालाई एक रात प्रहरी परिसरमै राखेर भोलि पल्ट कक्षा लिएर एक हजार जरिवाना कटाएर आफन्तको जिम्मा लगाएर छाड्ने गरिन्थ्यो । ब्रेथलाइजर विग्रिए पछि त्यो क्रम हराएको छ । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा सवारी दुर्घटना हुने भन्दै सोको नियन्त्रणका लागि मापसे चेकिङ गर्ने गरिन्छ । अर्कोतर्फ ब्रेथलाइजर विग्रँदा मापसे चेकिङबाट आउने राजश्वमा पनि घाटा लागेको छ ।