पूर्व प्राथमिक तहका शिक्षकलाई एकमहिने टिपिटी तालिम

625
views

महेन्द्र जिसी
पर्वत, १३, मंसिर । शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशले पर्वतका पूर्व प्राथमिक तहमा अध्यापन गराउने शिक्षक शिक्षिकाहरुका लागि एकमहिने तालिम शुरु भएको छ । बाल विकासका लागि एक महिने टिपिटी तालिम शुरु गरेको हो ।

भ्रखरै विद्यालय शुरु गरेका बालबालिकाहरुलाई खेल नृत्य तथा उनिहरुको चाहाना अनुरुप सिकाई उपलब्ध हासिल शिक्षिकाहरुलाई तालिम दिईएको हो । १५ दिनसम्म सैद्धान्तिक कक्षा हुने र १५ सम्म कक्षागत तालिम हुने तालिम केन्द्रले जनाएको छ ।

कम उमेर समुहका बालबालिकाहरुलाई मानसिक र शारीरिक दुवैखाले क्षमता विकास गराउन उनिहरुको अभिरुचिमा आधारीत रहेर शैक्षिक सामाग्री निमार्ण गरेर अध्यापन गराउनुपर्ने प्रशिक्षकहरुले बताएका छन । बच्चाहरुलाई उनिहरुको चाहाना ईच्छा र संवेदनशिलता हेरेर शिक्षकहरुले अध्यापन गराउनु पर्ने प्रशिक्षक कविता पौडेलले बताईन् ।

जिल्लाका पुर्व बालकक्षाका २८ जना शिक्षिकाहरुलाई तालिम दिइएको तालिम केन्द्रले जनाएको छ । केन्द्रका मुख्य प्रशिक्षक विदुर अर्यालले सामुदायिक विद्यालयका शिक्षकहरुले उपलब्ध शैक्षिक सामाग्रीको उपयोग कम गर्दा र शैक्षिक सामाग्रीमार्फत सिकाई उपलब्धीको मात्रा थाहा नपाउँदा सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आर्कषण घटेको बताए ।

तालिममा बालअधिकारमा महासन्धी, बाल विकास, बालविकासको सर्वोत्तम हित, बालबालिकाको भावना विचारको कदर, बालअधिकार सम्बन्धि नीति बालवालिका सम्बन्धि संबैधानिक व्यवस्था तथा विद्यालय क्षेत्र योजना निर्देशिका, प्रारम्भिक बाल विकास केन्द्रका न्युनतम मापदण्ड लगायतका बारेमा शिक्षक शिक्षीकाहरुलाई प्रशिक्षण गराईने छ ।

तालिममा बालवालिकाहरुलाई सैद्धान्तिक भन्दा पनि प्रयोगात्मक सिकाईमा जोड दिन शिक्षकहरुलाई निर्देशन गरीएको नगरशिक्षा अधिकारी एवं तालिमका प्रशिक्षक राजेन्द्र बहादुर क्षेत्रीले बताए ।