पर्वतका ६ सञ्चारकर्मी सम्मानित

1195
views

पर्वत । पर्वतका ६ जना क्रियाशिल सञ्चारकर्मी सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ पर्वत शाखाको मंसीर ६ गते बसेको बैठकले गरेको निर्णय अनुसार नेपाल पत्रकार महासंघ पर्वत शाखाको दशौ साधारणसभामा सिर्जनशिल पत्रकारीता पुरस्कारबाट सम्मानित भएका हुन् । सम्मानित सञ्चारकर्मीलाई नेपाल पत्रकार महासंघ केन्द्रका महासचिव रमेश विष्टले नगद रु पाँचहजार पचास, प्रमाण पत्र र दोसल्ला सहित सम्मान गरेका हुन् ।

सम्मानित सञ्चारकर्मी मध्ये बर्ष २०७० को पुरस्कार सन्तोष थापा (नयाँ पत्रिका दैनिक), बर्ष २०७१ को पुरस्कार गणेश पौडेल (गोरखापत्र दैनिक), बर्ष २०७२ को पुरस्कार, माया अधिकारी (अन्नपूर्ण पोष्ट दैनिक), बर्ष २०७३ को पुरस्कार अगन्धर तिवारी ( कान्तिपुर दैनिक), बर्ष २०७४ को पुरस्कार राजबाबु पिसी (एविसी टेलिभिजन) बर्ष २०७५ को पुरस्कार रोशन तिवारी (रेडियो नेपाल) लाई सम्मान गरिएको हो ।