विराटनगरमा महिला साफ च्याम्पियनसिप हुने

677
views

विराटनगर, १४, मंसिर । फागुन अन्तिम साता महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पाँचौ संस्करण यही विराटनगरमा हुने भएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रेस विज्ञप्ति निकाल्दै फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा साफ च्याम्पियनसिप फुटबल हुने जनाएको हो ।

विराटनगरस्थित शहिद रंगशालामा प्रतियोगिता हुने यसअघि नै निर्णय भईसके पनि मिति तोकिएको थिएन । महिला साफमा नेपालसहित, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् ।