निर्मला हत्या प्रकरण : प्रहरीमाथि अझै छानबिन

604
views

काठमाडौँ, मङ्सिर १७ बलात्कारपछि हत्या भएकी निर्मला पन्तको घटनाका अभियुक्त पहिल्याउन असफल हुँदा आलोचित नेपाल प्रहरीले अनुसन्धानमा भएको लापरबाहीमाथि छानबिनलाई समेत प्राथमिकता दिन सकेको छैन । एआइजीको संयोजकत्वमा छानबिन समिति गठन भएको दुई महिना बितिसक्दा पनि प्रतिवेदन दिन सकेको छैन ।

घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीबाट कुन हदको लापरबाही भएको हो भनेर बुझ्न एआइजी धिरु बस्नेत नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समितिले अझै प्रतिवेदन बुझाउन सकेको छैन । अभियुक्त पत्ता लगाउन तीन महिनादेखि जनस्तरबाट दबाबमूलक कार्यक्रम भइरहेका छन् । निर्मलाका बुबा मानसिक सन्तुलन गुमाएर अस्पतालमा भर्ना भएका छन् ।
राज्यले नै अभियुक्तलाई संरक्षण गरेको आरोप लाग्दै आएको छ । यति महत्वपूर्ण विषयको छानबिन भने लम्बिँदै गएको छ । छानबिन समितिमा रहेका प्रहरीहरू अन्य काममा व्यस्त रहेको स्रोत बताउँछ ।
निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका अभियुक्त पहिल्याउन असफल हुँदा आलोचित नेपाल प्रहरीले अनुसन्धानमा भएको लापरबाहीमाथि छानबिनलाई समेत प्राथमिकता दिन सकेको छैन । एआइजीको संयोजकत्वमा छानबिन समिति गठन भएको दुई महिना बितिसक्दा पनि प्रतिवेदन दिन सकेको छैन ।
घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीबाट कुन हदको लापरबाही भएको हो भनेर बुझ्न एआइजी धिरु बस्नेत नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समितिले अझै प्रतिवेदन बुझाउन सकेको छैन । अभियुक्त पत्ता लगाउन तीन महिनादेखि जनस्तरबाट दबाबमूलक कार्यक्रम भइरहेका छन् ।
निर्मलाका बुबा मानसिक सन्तुलन गुमाएर अस्पतालमा भर्ना भएका छन् । राज्यले नै अभियुक्तलाई संरक्षण गरेको आरोप लाग्दै आएको छ । यति महत्वपूर्ण विषयको छानबिन भने लम्बिँदै गएको छ । छानबिन समितिमा रहेका प्रहरीहरू अन्य काममा व्यस्त रहेको स्रोत बताउँछ ।
अनुसन्धानमा लापरबाही गरेको आरोपमा सेवाबाट हटाइएका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टले कारबाहीको पुनरावलोकन गर्न माग गरेका छन् । उनीहरूले प्रधानमन्त्री कार्यालयमा त्यसका लागि गत साता निवेदन दिएका छन् । गृह मन्त्रालयको सिफारिसमा एक महिनाअघि उनीहरूलाई प्रहरी सेवाबाट हटाइएको थियो । विनाकारण आफूहरूलाई प्रहरी सेवाबाट हटाइएको भन्दै उनीहरूले पुनरावलोकन गरेका हुन् । विभागीय कारबाहीउपर चित्त नबुझे पुनरावलोकन गर्न सक्ने प्रावधान प्रहरी नियमावलीमा छ ।