डिजेल र पेट्रोलको मूल्य घट्यो

922
views

काठमाडौँ, मङसिर– १८  नेपाल आयल निगमले पेटोलियम पदार्थको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि निगमलाई गत १५ दिनमा ५६ करोड रुपियाँ नाफा भएपछि निगमले मूल्य घटाएको हो ।

निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल र डिजलमा प्रतिलिटर २÷२ रुपियाँ घटाएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११२ रुपियाँ र डिजल प्रतिलिटर ९९ रुपियाँ भएको छ । हवाई इन्धन र ग्यासको मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर भारतीय आयल कर्पोरेशनसँगको स्वचालित मुल्यसूची अनुसार पनि घटेर आएकाले हाललाई घटाइएको प्रवक्ता गोइतको भनाई छ ।
यसअघि पेट्रोलको मूल्य ११४ रुपियाँ र डिजेलको मूल्य १०१ रुपिया थियो । निगमले गत असोज १ गते मूल्यबृद्धि गरेको थियो । त्यसपछि हरेक १५ दिनमा स्वचालित मूल्यसूचीअनुसार मूल्य समायोजन गर्नुपर्ने भएपनि आपूर्ति मन्त्रालयको निर्देशन पश्चात् दशै लगायतका चाडपर्वमा मूल्य समायोजन गरिएको । यसबीचमा निगमलाई घाटा भइरहे पनि हाल मूल्य घटेर आएकाले नेपालमा पेट्रोल र डिजलको मूल्य घटाइएको निगमले जनाएको छ ।