सिमखेत युवा क्लवले दियो विद्यार्थीलाई न्यानो कपडा

893
views

सविता शर्मा
पर्वत, २३ मंसिर । जन सहयोगी माध्यामिक विद्याल फलेवास नगरपालिका शंकरपोखरी पर्वतमा माध्यमिक स्तरिय हाजिरीजवाफ प्रतियोगिता तथा न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न भएको छ ।

“जागरुक समाज खोज, समाज परिबर्तनमा युवा सक्तिको सोच” भन्ने मुल नाराका साथ श्री सिमखेत युवा क्लब द्धारा हाजिरीजवाफ प्रतियोगिता तथा न्यानो कपडा बितरण कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका महा–समिति सदस्य गंगाधर तिवारिले क्लबले गरेको काम निक्कै प्रसंसनिय रहेको भन्दै आगामी दिनहरुमा पनि रचनात्मक कामहरु लिएर अगाडि बढ्न सुझाब दिनुभयो ।

उहाँले समाज परिवर्तनको जिम्मा युवाहरुको काँधमा भएको भन्दै यस्ता खालका गतिविधिले सकरात्मक वाटोमा हिडाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष अर्जुन बहादुर कार्की, वडा सदस्य निर्मला रेग्मी, जनहयोगी माध्यामिक विद्यालयका प्रध्यानाध्यापक गणेश बहादुर थापा, भुपु सैनिक खड्कबहादुर कार्की, क्लबका आजिबन सदस्य इन्द्रबहादुर कार्की, टोलविकास समितिका अध्यक्ष हेम अधिकारी, कमल कार्की लगायतले कल्वको राम्रो कामको वारेमा चर्चा गरेका थिए ।

फलेवास नगरपालिकाका अन्तर्गतका १० वटा बिद्यालयका समुह सहभागी भएको प्रतियोगितामा ग्रामोदय माध्यामिक विद्यालय भँगरा पहिलो, जनसहयोगी माध्यामिक विद्यालय शंकरपोखरी दोस्रो, अन्नपुर्ण माध्यामिक विद्यालय कार्किनेटा तेस्रो, भवानी बिद्यापिठ सान्तवना भएका छन ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सन्तवाना हुने समुहले क्रमश सात हजार, पाँच हजार, तीन हाजार र पन्ध्र सय रुपैँया प्राप्त गरेका छन । कार्यक्रममा सोही विद्यालयका ६० जना विद्यार्थीहरुलाइ न्यानो कपडा पनि बितरण गरिएको क्लबका अध्यक्ष सरोज खनालले जानकारी दिनुभयो ।

कार्यक्रमको समापन गर्दैै क्लबका अध्यक्ष सरोज खनालले सबैको साथ र सहयोगले नै क्लब अगाडि बढेको बताउनुभयो । उहाँले आगमी दिनमा पनि सबैको माया पाएको खण्डमा आफुहरु समाज परिबर्तनमा अग्रसर हुने दावी गर्नुभयो ।

क्लबका अध्यक्ष सरोज खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य क्लबका सल्लहाकार दिपेन्द्र कार्कीले र सञ्चालन सचिब इश्वर कार्की र सन्तोष पाठकले गर्नु भएको हो ।