म्यानमारका सहाराविहिन महिला चीनमा विवाह गर्न बाध्य

675
views

एजेन्सी । म्यानमारका सहाराविहीन हजारौँ महिलाको चीनमा बेचबिखन र बाध्यात्मक विवाह हुने गरेको खुलासा भएको छ । एएफपीको समाचारमा उल्लेख भएअनुसार म्यानमारको उत्तरी क्षेत्रबाट उनीहरूलाई चीनतर्फ लैजाने गरिएको तथ्यसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

द्वन्द्वको फाइदा उठाउँदै म्यानमारका सहाराविहीन महिलालाई सीमाक्षेत्रमा दुरुपयोग गरिएको प्रतिवेदनमा उल्लेख छ । चीनमा पुरुषको भन्दा महिलाको संख्या कम छ । त्यसैले पनि म्यानमारका महिलालाई चिनियाँहरूले विवाह गर्ने गरेको अध्ययनकर्ताहरूले बताएका छन् ।

चीनमा अहिले पुरुषको भन्दा महिलाको संख्या झन्डै ३ करोड ३० लाख कम छ । जनसंख्या अत्यधिक बढेपछि सरकारले यसअघि लागू गरेको एक सन्तान नीतिका कारण महिलाको संख्या घटेको पाइएको छ । म्यानमारबाहेक कम्बोडिया, लाओस, भियतनामलगायत देशबाट पनि बर्से्नि हजारौँ महिला चीन लगिने गरेको छ ।