हिन्दु राष्ट्रका लागि जनसंघर्ष गर्ने तयारीमा राप्रपा

640
views

वीरेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र पुनस्थापनाकालागि देशैभर जनसंघर्ष गर्ने चेतावनी दिएका छन् । सो पार्टीले आउँदो फागुन ७ गतेदेखि जनसंघर्ष गर्ने जनाएको छ ।

जनसंघर्षका लागि पार्टीले विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम गरिरहेको पुष र माघमा सबै स्थानीय तहमा जनसंघर्षका लागि संगठन बनाउने तयारी भैरहेको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण तथा सम्मेलनमा सहभागी हुन सुर्खेत आएका थापाले बताए ।

उनले जनसंघर्ष कुनै धर्म, पार्टी वा सरकारको विरुद्धमा नरहेको समेत स्पष्ट पारे । धर्म परिवर्तनले राष्ट्रिय पहिचान मेटिन थालेको पनि उनले बताए । थापाले जनसंघर्षको उद्देश्य हिन्दु राष्ट्रको पुनस्थापना गर्नुरहेको बताए ।

अध्यक्ष थापाले ‘अहिलेको सरकार आर्थिक, सामाजिक र राजनीतिक रुपमा असफल हुँदै आएको छ, यो ठाँउमा कांग्रेसको सरकार भएपनि अवस्था यस्तै हुन्थ्यो,’ थापाले भने, ‘हाम्रोमा ब्यक्ति र पार्टीको मात्रै कमी कमजोरी नभएर थिती, ब्यवस्था र मार्गचित्र त्यस्तै बसेको छ ।’ अहिलेको सरकार शक्तिशाली भए पनि जनतालाई अनुभुति हुनेगरी काम गर्न नसकेको थापाले बताए ।