हक्कि प्रतियोगितामा भारतलाई हराउँदै नेदरल्याण्ड्स

673
views

ओडिसा । हक्की प्रतियोगितामा नेदरल्याण्ड्सले भारतलाई हराएको छ । नेदरल्याण्ड्स विश्वकप हक्की प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको ओडिसामा भएको प्रतियोगिताको क्वाटरफाइनलमा नेदरल्याण्ड्सले भारतलाई २–१ ले हरायो ।

सन् १९७५ को विश्वकप हक्की विजेता भारतले त्यसयता उक्त सफलता दोहोर्याउन सकेको छैन । गएराति भएको अर्को खेलमा तीन पटकको विश्व विजेता जर्मनीलाई २–१ ले हराउँदै बेल्जियम पनि सेमिफाइनलमा पुगेको छ ।

बेल्जियम हक्की विश्वकपको सेमिफाइनलमा पुगेको यो पहिलो अवसर हो । बेल्जियमले अब सेमिफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ । अर्को सेमिफाइनलमा नेदरल्याण्ड्स र अस्ट्रेलिया भिड्नेछन् ।