घ्याङफेदी मिनिट्रक दुर्घटनाः २० जनाको मृत्यु, मृतक सबैको सनाखत

531
views

नुवाकोट – नुवाकोटको घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । दुर्घटना हुँदा १८ जनाको घटनास्थलमा, १ जनाको उपचारको क्रममा अस्पताल लैजादै गर्दा बाटोमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा घ्याङफेदीको सिसिपुका २७ वर्षीया विभिमाया तामाङ, १४ वर्षीया सीता तामाङ, ३६ वर्षीया सुनश्री तामाङ, सिसिपुकै २४ वर्षीय शुकराम तामाङ, ३९ वर्षीय सेनम लामा, ५५ वर्षीय टोकले तामाङ, २२ वर्षीय मंगले तामाङ, ४४ वर्षीय आइत तामाङ, ४० वर्षीय सेल्वोन तामाङ, ६० वर्षीय खाम्सुङ तामाङ, ३२ वर्षीय रिवल तामाङ, २० वर्षीय भीमबहादुर तामाङ,४३ वर्षीय मिङमार तामाङ, ३७ वर्षीय छोवाङसोनाम तामाङ, ३४ वर्षीय लक्ष्मण तामाङ, ४६ वर्षीय वीरवहादुर तामाङ, २० वर्षीय कृष्ण तामाङ, ५० वर्षीय मीनवहादुर तामाङ, ४५ वर्षीय सुने लामा, शिखरबेसीका १५ वर्षीय रितेश पण्डित रहेका छन् । दुघृटनामा परि घाईते भएकाहरुको उपचार भैरहेको छ । उपचाररत घाइतेहरुमा घ्याङफेदीको सिसिपुकै २२ वर्षीय छिरिङ तामाङ,४० वर्षीय रामवहादुर तामाङ, १७ वर्षीय रामु तामाङ, २६ वर्षीय साहिला तामाङ, २३ वर्षीय शिरमेन्दो तामाङ, ३८ वर्षीय मुइजित तामाङ, ४९ वर्षीय वीरवहादुर तामाङ, ३८ वर्षीय लक्ष्मण तामाङ, ३३ वर्षीय चन्द्रवहादुर तामाङ,२६ वर्षीय शुकराम तामाङ, सावित्री तामाङ,यारिमेन्दो तामाङ, रामभक्त थापा, मानवहादुर तामाङ रहेका छन् ।

बा३ख ३९१३ नम्बरको मिनिट्रक दुर्घटना भएको थियो । भएर घाइते भएका १४ जनाको काठमाडौंको बि.पि. स्मृति प्रतिष्ठान र टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

सिम्टाङमा आफन्तको मृत्यु भए पश्चात सस्कारमा सहभागी भएर गाउँ फर्कने क्रममा मिनिट्रक दुर्घटना भएको थियो। दुर्घटना ग्रस्त भएको मिनिट्रक सडकबाट ५ सय मिटर तल तादी खोलामा पुगेको छ । नेपाली सेनाको हेलिकप्टर अवतरण हुन नसकेपछि सांसद हितबादुर तामाङ डोरी मार्फत घटनास्थलमा आइपुगेका छन् ।