ईन्सासको सातौं अधिबेशन, अध्यक्षमा ज्ञवाली

1173
views

सबिता शर्मा
पोखरा । इन्जिनियरिङ साहित्यिक सञ्जाल (इन्सास) पोखराको सातौं अधिबेशन सम्पन्न भएको छ ।अधिबेशनल कपिल ज्ञवालीको अध्यक्षतामा १३ जनाको कार्यसमिति निविरोध रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा निशान सरकार, सचिवमा नितेश रिसाल, सहसचिव प्रकाश बास्तोला तथा कोषाध्यक्षमा श्रीकृष्ण श्रेष्ठलाई चयन भएका छन् ।

नियमित रचनावाचन समेत रहेको उक्त रचनावाचन कार्यक्रममा उपस्थितहरुले गित, कविता, गजल तथा मुक्तक सुनाएका थिए । रचनावाचनलाई नियमित बनाउनु, बैंकिङ प्रणालीमार्फत कारोबार सञ्चालन गर्नु, आफ्नो साहित्यिक पत्रिका इ–अनुनादको प्रकाशन गर्नु, इन्सास पुस्तकालयलाई थप ब्यबस्थापन गर्नु संस्थाका प्रमुख उपलब्धि रहेको इन्सासका निवर्तमान अध्यक्ष संगीत लामिछानेले बताए ।

पश्चिमाञ्चल क्याम्पसमा सञ्चालन भएको कार्यक्रममा संस्थाका अध्यक्ष संगीत लामिछाने, प्रमुख अतिथी पोखरा युवा सांस्कृतिक परिवारका अध्यक्ष प्रकाश आचार्य, विशेष अतिथी इन्सासका संरक्षकद्वय अल्पविराम पोखरेली, दिलिप दोषी, शिव त्रिपाठीको उपस्थितिमा भएको थियो ।