सरकार सही बाटोमा हिँडेको छ–प्रधानमन्त्री ओली

806
views

काठमाडौं, १, पुष । पूर्व नेकपा (एमाले) निकट प्रगतिशिल तथा पेशागत कानुन व्यावसायी महासंघ (पीपीएलए) र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक तथा प्रगतिशिल कानुन व्यवासायी संघ(आरपीएलए)को एकीकरणलाई पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सही बाटोमा हिँडेको बताएका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले असाधरण सफलताको बिन्दुमा रहेको सरकार विरुद्ध भएको दुस्प्रचारलाई परास्त गर्नुपर्ने बताए ।

ओलीले ‘प्रचार युद्धमा गणतन्त्रका धरोहरलाई आक्रमण गरिएको बताए । उनले राष्ट्रपतिका विषयमा अनावश्यक प्रचार भइराखेको उल्लेख गर्दै गणतन्त्रलाई नै धरासायी बनाउने खेल भएको बताए ।

प्रधानमन्त्रीले भने ‘जबसम्म डमरुलाई कसैले आक्रमण गर्दैन तवसम्म बघिनी चुप लागेर बस्छे तर जब डमरुलाई कसैले आक्रमण गर्छ बघिनी जतिसुकै ठूलो भिड भए पनि प्रतिकारमा उत्रन्छे । यो उसको धर्म नै हो’, प्रधानमन्त्री ओलीले थपे, ‘कम्युनिस्ट आन्दोलन ,नेकपा र सरकारविरुद्ध हमला गर्नेले यो कुरा हेक्का राख्नु पर्दछ ।’