१३ बर्षिय बालिका करणी गर्ने एक युवा पक्राउ

664
views

पर्वत । १३ बर्षिय बालिकालाई जवरजस्ती करणी गर्ने एकजनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । मोदी गाउँपालिका–८ का २० बर्षिय राजे नेपालीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला–४३ कालिगण्डकी २५ (परिवर्तित नामथर वतन) भएकी वर्ष १३ की बालिकालाई यहि मंसिर २६ गते ललाई फकाई र प्रलोभनमा पारी करणी सम्वन्धी कसुर गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले बताए ।

नेपालीलाई यहि मंसिर २९ गते करणी सम्वन्धी कसुरमा प्रहरी चौकी देउपुर पर्वतवाट खटिएको प्रहरी टोलीले सोही स्थानवाटै पक्राउ गरेको जनाइएको छ ।

नेपालीलाई जवरजस्ती करणी कसुर अभियोगमा पुष १ गते सम्मानित पर्वत जिल्ला अदालतबाट यौनजन्य प्रकृतिका अपराध अन्तर्गत करणी सम्वन्धी कसुर मु्द्दामा ७ दिने म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।