त्रिज्योति एका समीर राई उत्कृष्ट खेलाडी घोषित

629
views

काठमाडौँ, पुस ६ त्रिज्योति ए बिहीबार प्रथम त्रिज्योतिकप अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

घरेलु मैदानमा भएको फाइनलमा त्रिज्योति एले बागमतीलाई ४–३ ले पराजित ग¥यो । त्रिज्योतिका समीर राईले २ तथा लोकेन्द्र कुलुङले १ गोल गरे । एक गोल आत्मघाती रह्यो ।
बागमतीबाट तीनै गोल जतिन बरालले फर्काएका थिए । अपराजित त्रिज्योति एले लिगमा मान्डु र काठमाडौं शिक्षालयलाई हराएको थियो । त्यसपछि क्वार्टरफाइनलमा शिशुमिलन तथा सेमिफाइनलमा लिटिल मुनलाई हराउँदै फाइनलयात्रा पक्का गरेको थियो ।
त्रिज्योति एका समीर राई उत्कृष्ट खेलाडी घोषित भए । गोलरक्षकमा लिटिल मुनका रविन तामाङ तथा प्रशिक्षकमा त्रिज्योतिका सुजन चाम्लिङ उत्कृष्ट चुनिए । प्रतियोगिताभर २३ गोल गरेका लिटिल मुनका करण विक सर्वाधिक गोलकर्ता बने । छहारी र लिटिल मुनले संयुक्त रूपमा अनुशासित टिमको उपाधि हात पारेका छन् । २२ मंसिरदेखि सुरु भएको प्रतियोगितामा आयोजक त्रिज्योतिका २ सहित २२ टोलीले भाग लिएका थिए ।