बस दुर्घटनामा मृतकको संख्या २२ पाँचको सनाखत

606
views

दाङ,७ पुस तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ । मृतकमध्ये चार महिला र १८ पुरुष रहेको र सबै शव राति ३ बजेसम्म उक्त अस्पतालमा ल्याइसकिएकाले बस दुर्घटनामा ज्यान गुमाउने २२ मध्ये ५ जनाको पहिचान खुलेको छ ।

बसमा बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन केसी, शहिद कृष्णसेन इच्छुक बहप्राविधिक शिक्षालयका शिक्षकहरू घोराही उपमहानगरपालिका–१७ का २८ वर्षीय प्रदीप घिमिरे र पूर्वी रुकुमको भुमे गाउँपालिकाका २८ वर्षीय नरेश वली रहेका छन् ।
दुर्घटनामा परेर दाङको दंगीशरण गाउँपालिका–१ का सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका–१४ का २७ वर्षीय बिजय जीएमको ज्यान गएको छ ।
अन्यको केही बेरपछिबाट सनाखत गरिने इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका कर्मचारीसहित ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।बा ४ ख ९७६६ नम्बरको सहीद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालय सल्यानको बस दुर्घटनामा परेको हो। कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटना भएको प्रहरीको भनाइ छ।