गोली चल्दा प्रहरी जवान घाइते

590
views

काठमाडौं, ७ पुस । प्रहरी प्रभागभित्रै गोली चलेको छ । ललितपुरको लाँकुरी भञ्ज्याङ प्रहरी प्रभागका इन्चार्ज असई रमेश तामाङको पेस्तोलबाट चलेको गोली लागेर प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका छन्।

उनको दायाँ गालाबाट लागेको गोली बायाँतर्फबाट निस्केको छ। घाइतेलाई प्रहरी अस्पताल महाराजगन्ज लगिएको छ।
गोली अनलोड गर्ने क्रममा गएराति असावधानीवश गोली चलेको अनुमान गरिए पनि थप अनुसन्धान भइरहेको ललितपुरका एसपी शेखर खनालले बताए।
असई तामाङलाई नियन्त्रणमा लिई सातदोबाटो वृत्तमा राखिएको छ।