दश प्रतिशत शेयर लाभांश

667
views

काठमाडौं । सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले शेयरधनीलाई दश प्रतिशत शेयर लाभांश वितरण दिने भएको छ । सो कम्पनीले चुक्ता पूँजीको दश प्रतिशत अर्थात् एक अर्ब बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सो प्रस्तावअनुसार शेयर लाभांश वितरण गर्दा लाग्ने कर बराबर हुन आउने रु २१ करोड ५२ हजार ६३१ बराबरको नगद लाभांश समेत प्रदान गर्ने भएको छ । यहि पुस ३० गते हुने साधारण सभामा पारित भएपछि मात्र उक्त लाभांस वितरण गर्ने भएको हो ।

कम्पनीले हालसम्म विभिन्न १४ आयोजनामा रु आठ अर्ब माथि लगानी गरेको छ । हकप्रद शेयर बिक्री पछि कम्पनीको पूँजी बढेर रु २२ अर्ब पुग्नेछ । अघिल्ला आर्थिक वर्षहरूमा कम्पनीले पाँच प्रतिशतका दरले नगद लाभांश दिँदै आएको थियो ।