घोराहीमा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

656
views

घोराही । बसको ठक्करले एकजनाको मृत्युपछि दाङको घोराहीमा तनाव सिर्जना भएको छ । तनावलाई मत्थर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । आक्रोषित स्थानियले आन्दोलन चर्काएपपछि प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहर गरेको हो ।

आन्दोलित समूहले बस तोडफोड समेत गरेका छन् । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार आक्रोषि समुहले सवारीसाधनमा क्षति पु¥याउने गतिविधि गरेपछि प्रहरी हस्तक्षेप बढेको हो ।

अहिले स्थानीय र मृतकका आफन्त आन्दोलनसँगै घोराहीको तुलसीपुर चोकमा धर्नामा बसेका छन् । सोमबार मध्यान्ह बस र स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालक घोराही १८ का २९ वर्षीय मेघराज पुनको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा सोही ठाउँका २५ वर्षीय महेश बुढा गम्भीर घाइते भएका छन् ।

घोराहीको तुलसीपुर चोकबाट बसपार्क जाँदै गरेको रा ३ प १९७४ नम्बरको स्कुटर र बसपार्कबाट तुलसीपुर चोकतर्फ आउँदै गरेको लु २ ख १६०२ नम्बरको बस घोराही–१४ लखनपार्क नजिक ठोक्किएको थियो ।