अन्तराष्ट्रिय युवा परियोजनाको सहयोगी मुलुक जापानद्वारा अवलोकन

622
views

महेन्द्र जिसी
पर्वत, १२ पौष । नेपाल रेडक्रस सोसाईटी पर्वतको सहकार्यमा सञ्चालित पर्वतको मोदी गाउँपालिकाका २४ विद्यालयमा जापानीज युवा परियोजनाको अवलोकन गरिएको छ । सहयोगी संस्था जापानीज युवा रेडक्रसका १० जना पदाधिकारीद्वारा परियोजनाको अवलोकन गरीएको हो ।

आनीबानी सहितको स्वाथ्य सरसफाई परियोजनाले समुदायमा पारेको प्रभाव र सकारात्मक परिवर्तनका बारेका अन्र्तक्रिया गरीएको हो । आर्थिक वर्ष ०७२÷०७३ सालदेखी शुरु गरीएको परियोजनाले समुदायमा स्वाथ्य सचेतना सहितका अभ्यास गराउँदै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथी मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडलले परियोजनाले सकारात्कम प्रभाव पारेको भन्दै विकासमा पनि सहकार्यको आवश्यक रहको बताए ।

जापन नेपाल स्वातन्त्र राज्य रहेका कारण धेरै अभ्यासहरु एकै प्रकृतिका भएका कारण पनि प्राविधिक क्षेत्रमा सहकार्य हुन सकेमा देशले विकासमा फडको मार्ने बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्वतका मिभपति रुद्र बहादुर रिमालले जापनीज संस्कार रितीरिवाजसँगै समाज विकासको अभ्यासका लागि परियोजना सफल रहेको बताए ।

कार्यक्रममा जापनीज युवा सर्कल र मोदी गाउँपालिका रेडक्रस युवा सर्कलविच अन्र्तक्रिया गरीएको हो । युवाहरुले जापनमा भईरहेको आफ्नै भाषा संस्कारमा भईरहेको प्रविधिक विकासको बारेमा चासो राखेका थिए ।

यस्तै जापनीज युवा सर्कलका पदाधिकारीहरुले भाषा संस्कार विकासको बाधक नभई उद्गम रहेको बताउँदै संस्कार र संस्कृतीलाई परिकृत गर्दै जानु नै विकासको मुख्य पाटो रहेको बताएका हुन ।

जापनीज सर्कलका प्रमुख टोमोयुकी नाकामुराले परियोजनाको अवलोकन गर्दै स्थानीयमा परेको स्वाथ्य सरसफाईको प्रभाव सकारात्कम रहेको बताए ।

कार्यक्रममा जापनीज सर्कल नेपाली रेडक्रस सर्कलको सहकार्यमा विक्षा रोपण समेत गरीएको हो । मोदी गाउँपालिका–५ बाजुङ सरस्वती माविमा भएको कार्यक्रममा रेडक्रस मन्त्री पिताम्मर अधिकारी र उपसभापति ईन्द्रमान खत्री लगायतको सहभागिता रहेको हो ।