विपन्न विद्यार्थीलाई शैक्षिक समाग्री, विद्यालयलाई कम्प्युटर

565
views

महेन्द्र जिसी
पर्वत, १२, पर्वत । नेपाली काँग्रेस पर्वतका युवा नेता स्वर्गीय डिल्लीराम लामिछानेको तेस्रो वार्षिकी तथा स्मृति दिवस मनाइएको छ । सो अवसरमा कुश्मा नगरपालिका–१० सिदार्थ माविमा अध्ययनरत दलित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नगरपालिका प्रमुख रामचन्द्र जोशीले जोशीेले बालबालिकाहरुलाई स्टेशनरी सामान वितरण गरे ।

कार्यक्रममा शिक्षा ईकाई समन्वय प्रमुख उद्धिमराज पौडेल, लामिछाने पत्नि सिता काफ्लले विद्यालयलाई एक थान कम्प्युटर हस्तान्तरण गरेका थिए ।

डिल्लीराम स्मृति प्रतिष्ठानका अध्यक्ष राजिव लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष श्यामदास वैरागीले स्वागत र सञ्चालन विद्यालयका शिक्षक पार्वती शर्माले गरेका थिए । कार्यक्रममा विपन्न दलित ४८ जना वालवालिकाहरुलाई शैक्षीक सामाग्री वितरण गरीएको थियो ।