स्वास्थ्य संस्था सफाईमा प्रहरी

727
views

महेन्द्र जिसी
पर्वत, १५, पुस । पछिल्लो समयमा पर्वत प्रहरीले समुदायका सचेतनामा ज्यादै सक्रियता बढाएको छ । विद्यालय कार्यक्रम, समुदाय कार्यक्रमदेखि स्वास्थय संस्था सरसफाईमा प्रहरीको सक्रियता बढेको हो । पर्वत प्रहरीले समुदाय साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाभरका स्वाथ्य संस्था सरसफाई गरेको हो ।

पर्वत प्रहरीले शनिबार जिल्ला अस्पताल सरसफाई गरेको छ । अस्पतालको प्राङ्गण तथा अस्पताल गेट सरसफाई गरेको हो । सार्वजनिक स्थान र धेरै भिडभाड हुने स्थलहरुमा प्रहरीले सरसफाई अभियान थालेर स्थानीयलाई समेत सक्रिय गराएको छ ।

प्रहरीले राजमार्ग तथा धार्मिक स्थलहरुको समेत विभिन्न समयमा सरसफाई गर्ने जनाएको छ । प्रहरीले मातहतका प्रहरी कार्यालयलाई पनि पायक पर्ने स्थानका स्वास्थ्य संस्थाको सरसफाई गर्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जनाए ।

त्यस्तै सार्वजनिक स्थलहरु, धार्मिक स्थलहरु, चौतारो लगायतका क्षेत्रमा पनि प्रहरीले सरसफाई गरेको छ । अस्पतालमा रहेका पार्क तथा सेवा ग्रही बस्ने स्थानको मर्मत रङरोगन र अन्य सार्वजनीक स्थानमा भएका पार्क तथा सर्वसाधरण बस्ने स्थलको रङरोगन र मर्मत गरेर व्यवस्थापन गर्ने पनि तिवारीले बताए ।