मापदण्ड विपरित बधशाला सञ्चालन, गाउँभरी दुर्गन्ध

704
views

महेन्द्र जिसी
पर्वत, १९ पुस । जिल्ला प्रशासनले एक महिना अघि अनुगमन गरेर मापदण्डको दायरामा आउन निर्देशन दिएका बधशालाहरुको लापरवाही बढेको छ । बधशाला सञ्चालकहरुले मापदण्ड विपरीत ठुूला पशुहरु बध गरेर उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको पाइएको छ ।

उनिहरुले प्रशासनको निर्देशन अटेरी गर्दै खुल्ला रुपमा पशुहरु बध गरेर खुल्ला रुपमै ढुवानी गरीरहेका हुन । कुश्मा नगरपालिका–४ नारायणस्थान र भण्डारी टोलमा सञ्चालन भईरहेका बधस्थलहरुलाई निर्देशन दिईसकेको भएपनि लापरवाही गरीरहेको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

बधशालाको नियमन गर्ने नेपाल घरेलु विकास समिति र कुश्मा नगरपालिकालाई पत्राचार समेत गरिएको जिल्ला प्रशासन कार्यालय पर्वतका सुब्बा प्रभात लामिछानेले बताए ।

यता व्यवासायीहरुले भने दर्ता भईसकेको भन्दै खुलेआम पशु बध गरिरहेको जनाएका छन् । व्यावसायी जित बहादुर परियारले भने वधशाला दर्ता गरेरै व्यवसाय सञ्चान गरेको दाबी गरेका छन् ।

कुश्मा नगर पुशविकास शाखा तथा पशु विज्ञ ईकाई कुश्माले मापदण्ड विपरीत अबैध भएको जनाएको छ ।

वधशाला कुनै पनि निकायका दर्ता गर्न वडाको सिफारीस चाहिने भन्दै वडा नं ४ का सचिव जगत जोशीले दर्ता नै नगरी व्यवसाय सञ्चालन गर्दा नियन्त्रणको लागि प्रशासन र प्रहरीलाई अनुरोध गरीएको जानकारी दिए ।

मापदण्ड पुरा नगरेको तथा सरसफाईमा समेत ध्यान नपु¥याउँदा दुर्गन्ध फैलीएको स्थानीय प्रभावित क्षेत्रका स्थानीयको गुनासो छ ।