श्रीमति विरुद्ध न्यायिक समितिमा उजुरी बढे

654
views

महेन्द्र जिसी
पर्वत, १९, पुस । वैदेशीक रोजगार लागू औषध अत्यधिक महिरा सेवनका कारण कलह हुने गरेका घटनाहरु स्थानीय तहमा दिनानु दिन दर्ता हुने गरेका छन । पर्वतको फलेवास नगरपालिकामा यस्तै प्रकृतिका घटनाहरु न्यायिक समितिमा दर्ता भएका छन् ।

वैदेशीक रोजगारीमा पुगेर कमाएको पैसा परिवारबाटै सदुपयोग नभएको भन्दै युवाहरुले श्रीमती विरुद्ध उजुरी दर्ता गराउन थालेको फलेवास न्यायिक समितिले जनाएको छ ।

आँफुले विदेशमा मिहेनत गरेर कमायो श्रीमतीको अर्कैसँग सम्बन्ध हुने गरेका कारण छोराछोरी र सम्पत्तिको सुरक्षा नभएको भन्दै स्थानीय तहमा उजुरी दर्ता गराएको न्यायिक समितिका संयोजक तथा उप–प्रमुख मन्जु अधिकारीले जानकारी दिईन् ।

नगरपालिकामा अशिक्षा गरीबी र वेरोजगारीका कारण धेरै युवाहरु वैदेशीक रोजगारमा गएको र गृहकलह तथा हिंसाका घटनाहरु वैदेशीक रोजगार र मदीरा बन्ने गरेको अधिकारीले बताईन् ।

पछिल्लो समय सासु–ससुरा, नन्द, देवर मार्फत हुने हिंसा तथा अंशबण्डा, साँध सिमानाका घटना भन्दापनि श्रीमान श्रीमतीका सम्बन्ध विच्छेदका मुद्दा बढी मात्रामा आउने गरेको नगरपालिकाले जनाएको हो ।

स्थानीय तहमा रोजगारको सम्भावना कम हुनु तथा आर्थिक उपार्जनको दायरा कम सृजना हुनुले पनि वैदेशीक रोजगारमा पश्रय पाउँदा विकृति देखापरेको हो । नगरपालिकाले यस्ता विकृति न्युनीकरणको लागि स्थानीय वडा तहमा पुगेर देवानी संहिता र कानून सम्बन्धि अभिमुखीकरण गर्ने तयारी थाल्ने बताएको हो ।

आयआर्जनका क्षेत्रमा समेत कार्यक्रम बनाएर लागु गर्ने अधिकारीले बताईन् । गएको असारमा गठन भएको न्यायीक समीतीले अहिले सम्म १६ मुद्दाको किनारा लगाइसकेको जनाएको छ ।