विद्युत प्राधिकरणमा कार्यरत पर्वतका लामिछाने मृत भेटिए

700
views

बागलुङ २०, पुस । पर्वत घर भइ नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रमा कार्यरत एकजना कर्मचारी मृत अवस्थामा भेटिएका छन् ।

प्राधिकरणमा मिटर रिडिङको काम गर्ने पर्वतका खुमबहादुर लामिछाने वाग्लुङको तित्याङमा मृत अवस्थामा फेला परेका हुन् ।

घटनाको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षक परशुराम मल्लको कमाण्डमा गएको टोलीले प्रकृति मुचुल्का गरेको प्रहरीले जनाएको छ ।