प्रजातान्त्रिक आन्दोलनका सिपाही कार्कीको निधन

1585
views

मनिषा शर्मा
पर्वत, २०, पुस । प्रजातान्त्रिक आन्दोलनका सिपाही खडक बहादुर कार्कीको ८१ वर्षको उमेरमा निधन भएको छ । नेपाली काँग्रेसमा २०१५ सालबाट क्रियाशिल कार्कीको निधनले प्रजातान्त्रिक आन्दोलनलाई नै क्षति पुगेको छ । सानै उमेरबाट राजनीतिमा सक्रिय एवं नेपाली काँग्रेसमा अविचलित कार्कीको जन्म १९९५ असार १२ गते भएको थियो । उनको आज शुक्रवार हिान आफ्नै निवास फलेवास नगरपालिका–३ सिमखेतमा भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली काँग्रेसको राजनीतिमा सक्रिय एवं अविचलित कार्की साविक शंकरपोखरी गाविसको वडा नं ३ मा चारपटक सम्म निर्विरोध रुपमा अध्यक्ष समेत भएका थिए । सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका कार्कीले फलेवास नगरपालिका–३ को श्री जनसहयोगी प्रा.वि. हालको माविको स्थापना गरेका थिए ।

स्वर्गिय खड्क बहादुर कार्कीले आफ्नो वडामा मात्रै नभई शंकरपोखरी गाविसको विकासमा महत्वपूर्ण योगदान दिएको श्री जनसहयोगी माविका प्रअ गणेश वहादुर थापाले बताए । थापाले भने ‘समाजसेवी कार्कीको निधनले समाज विकासमा अपुरणिय क्षति पुगेको छ ।’

कार्कीका चार छोरा, पाँच बुहारी र दुई छोरी मध्ये कान्छा छोराको निधन भईसकेको छ । उनका साहिंला छोरा अर्जुन केसी हाल फलेवास नगरपालिका–३ को वडा अध्यक्ष रहेका छन् भने नेपाली काँग्रेस वडा नं ३ को पार्टी सभापति समेत हुन् ।

स्वर्गिय खड्क बहादुर कार्कीको आजै कालीगण्डकी नदिमा सामाजिक संस्कार र रीतिरिवाज अनुसार अन्तिम अन्त्येष्ठी गरिएको छ ।