मृत अवस्थामा भेटिएका लामिछानेको शव अस्पतालमा

1890
views

सिताराम थापा
वाग्लुङ । पर्वत जिल्ला घर भइ नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रमा कार्यरत मिटर रिडिङ र मिटर राख्ने दुबै काम गर्ने पर्वत मोदी गाउँपालिका, तिलाहारका खुमबहादुर लामिछानेको व पोष्टमार्टमका लागि अस्पताल ल्याइएको छ ।

नेपाल विधुत प्राधिकरण बागलुङमा २०६२ सालमा स्थाई सेवा गर्दै आएका मिटर रिडर तह –३ को प्राबिधिक कर्मचारी कार्यालयको मिटर जडान गर्ने कामको सिलसिलामा गएर मिटर राखि फर्किदा बाटोमै मृत अवस्थामा फेला पारेपछि पोष्टमार्टमका लागि अस्पताल ल्याइएको हो ।

विहिबार बागलुङ नगरपालिका–३ तित्याङमा नयाँ मिटर जडान गरि फर्केका लामिछाने पुरानो पावर हाउस घुम्ती छेउमा मृत अवस्थामा फेला परेको विद्युत प्राधिकरणका प्रशासन अधिकृत प्रेमराज पौडेलले जानकारी दिए ।

मृतक लामिछाने नालामा टाउको तल रहेर लडिरहेको र नाक र मुखबाट रगत आएको अवस्थामा फेला परेको पौडेलले बताए ।

घटनाको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षक परशुराम मल्लको कमाण्डमा गएको टोलीले मृतकको बुबा आमा लगायतको रोहबरमा घटनाको प्रकृतिको अवस्था मुचुल्का गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरी मुचुल्कापछि अहिले बागलुङ अञ्चल अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । हाल मृतकको श्रीमती बुटवल भएकोले उनलालाई खबर गरीएको परिवारीक श्रोतले जानकारी दिएको छ । मृतक बिपन्न परिवारका रहेको र एक श्रीमति, ५ छोरीहरु रहेको बताईएको छ ।