वाइडबडी प्रकरणः उपसमितिद्वारा तयार प्रतिवेदन संशोधन हुने

464
views

काठमाडौं, २० पुस । वाइडबडी विमान सम्बन्धी संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितितले तयार पारेको प्रतिवेदन संशोधन हुने भएको छ ।

शुक्रबार बसेको संसदको लेखा समिति बैठकमा सहभागी सदस्यले प्रतिवेदन अधुरो भएको भन्दै आपत्ति जनाएका थिए । बैठकमा सहभागी सदस्यले उक्त प्रतिवेदनलाई अधुरो भन्दै विवाद भएपछि संशोधन हुने भएको हो ।

नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको लेखा समिति अन्तरगतको उपसमितिले निष्कर्ष निकालेको थियो । उपसमितिलाई समितिले संशोधनसहित सोमबारको बैठकमा पेश गर्न निर्देशन दिएको छ ।