रेमिटर्स एसोसिएसनको अध्यक्षमा– पोखरेल

646
views

काठमाडौं, २१, पुस । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भए । काठमाडौंमा सम्पन्न १३ औं साधारण सभामा पोखरेल निर्विरोध निर्वाचित भएका हुन् । पोखरेल आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।

एसोसिएसनको उपाध्यक्षमा सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लिका चन्द्र टण्डन, महासचिवमा नेपाल रेमिट इ. प्रा.लिका रितेश मित्तल, कोषाध्यक्षमा सुर्य रेमिटका संजय सिग्देल र सचिवमा आइपे रेमिटका इन्द्र शर्मा निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा युमा श्रेष्ठ (हिमालयन बैंक), प्रविन अधिकारी (युनाइटेड रेमिट), दीपेन्द्र खनाल (इजीलिकं) चुनिएका छन् । विधानअनुसार निवर्तमान अध्यक्ष दिवाकर थापा कार्यसमितिमा रहनेछन् ।