सरकारमाथि जनताको विश्वास घट्यो–सिंह

629
views

काठमाडौं, २१, पुस । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारमाथि जनताको विश्वसनीय घट्दै गएको बताउनुभएको छ । संसदिय समितिले आफ्नु प्रतिबेदन नै नबुझाई आतिएर रातारात गएर कानुन बिपरित समिति बनाउन लागि परेको आरोप लगाउनु भएको छ संसदिय अभ्यास र अधिकार क्षेत्रलाई प्रभावित पार्ने काम गरेको प्रति कडा रोष ब्यक्त गर्नु भएको छ ।

४३ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–२६ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेता सिंहले दुई तिहाईको सरकारले संविधानलाई पन्छाएर अगाडि बढ्न खोजेको बताउनुभयो ।

“सरकार दुईतिहाईको बलमा कानुनभन्दा माथि उठेर मुद्दा लगाएको रेशम चौधरीलाई सपथ खुवाइरहेको छ,”–उहाँले भन्नुभयो । सरकारले मुद्दा चलेको व्यक्तिलाई राजनीति फाइदाका लागि कानुन मिचेर सपथ खुवाएको उहाँको भनाई छ । नेता सिंहले वाइडबढी किनबेचमा भएको घोटलाबारे सरकार डराएर छानविनका लागि कानुनविपरीत नयाँ समिति गठन गरेको उहाको आरोप छ ।

पूर्व उपप्रधानमन्त्री सिंहले सरकारले कानुन विपरीत एकपछि अर्को काम गर्नुले पनि सरकारको विश्वसनीयता घटेको बताउनुभयो ।

उहाँले राष्ट्रियता र प्रजातन्त्रलाई सन्तुलित राखेर अगाडि बढ्न विपी कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर अगाडि बढेको बताउनुभयो ।