वाईडबडी प्रकरणः सचिव निलम्बन, मन्त्रीलाई कारवाहीको सिफारिस

882
views

काठमाडौं– सोमवार बसेको सार्वजनिक लेखा समितिको बैठकले वाइडबडी जहाज खरिद अनियमिततामा वहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई कारवाही गर्न सिफारिस गरेको छ ।

बैठकले पूर्व मन्त्रीहरु जीवन शाही र जितेन्द्र देवमाथि आवश्यक अनुसन्धान गरी कारवाही गर्न सिफारिस गरेको हो । सो बैठकले उपसमितिको प्रतिवेदन पनि पारित गरेको छ । बैठकले पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई निलम्बन गरेर कारवाही अघि बढाउन सिफारिस गरेको छ ।

बैठकले गृह मन्त्रालयका सचिव प्रेम राईलाई भने निर्दोष ठहर गर्दै गृहसचिवलाई गलत सूचना दिने महाप्रबन्धक कंसाकारलाई उपसमितिले सिफारिस गरेबाहेक थप कारवाही गर्न लेखा समितिले सिफारिस गरेको छ ।