भ्रष्टचारीलाई कार्वाहीको माग गर्दै वैद्य माओवादीको प्रर्दशन

737
views

काठमाडौं । ‘बाइडबडी प्रकरणका भ्रष्टाचारीहरुलाई कारबाही गर, कमरेड सुरेश तामाङलाई अविलम्ब रिहाई गर’ लेखिएको मूल व्यानरसहित नेकपा (क्रान्तिकारी माओवादी) विरोध प्रदर्शनमा उत्रिएको छ ।

क्रान्तिकारी माओवादी ३ नं. प्रदेशको आयोजनामा विरोध प्रर्दशन भएको हो । विरोध प्रदर्शनमा सहभागी प्रदृशनकारीहरुले भ्रष्टाचारीहरुलाई कार्वाही गर्ने चेतावनी दिदैं वाईडबडी खरीद अनियमितता प्रकरणमा मुछिएकाहरुलाई कार्वाही र सुरेश तामाङलाई विनाशर्त रिहाईको माग गरेको छन् ।

प्रर्दशनकारीहरुले निर्मला पन्तका हत्याराहरुलाई अविलम्ब सार्वजनिक गरी कार्वाहीको माग समेत गरेका छन् । प्रर्दशनमा सहभागी प्रदृशनकारीहरुले राष्ट्रिय स्वाधीनताको –रक्षा गरौं, सन् १९५० लगायतका असमान सन्धि सम्झौताहरु –खारेज गर जस्ता नारा लगाएका थिए ।

रत्नपार्क शान्तिबाटिकाबाट सुरु गरिएको विरोध ¥याली सुन्धरा, नेपाल वायुसेवा निगम, न्यूरोड, विशालबजार हुँदै इन्द्रचोकमा पुगेर कोणसभा गरेका थिए ।

कोणसभालाई वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) पोलिटव्यूरो सदस्य तथा ३ नं. प्रदेश सचिव दिनेश शर्मा, पार्टी केस शारदा महत, हरिकृष्ण गजुरेल, भक्तपुर पार्टी इन्चार्ज भरत बुर्जालगायतका नेताहरुले सम्बोधन गरेका थिए ।