रोल्पमा बस दुर्घटना, दुईको मृत्यु

485
views

रोल्पा, २४, पुस । लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नं को बस दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा बस चालक प्यूठान स्वर्गद्धारी नगरपालिका–५ सारीका नमराज आले तथा यात्रु रोल्पा लुङ्ग्री गाउँपालिका–५ का ११ महिनाका बालक नितेश विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज र स्थानीय अस्पतालमा लगिएको छ ।