अन्नपूर्णमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

790
views

बेनी, २४ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित ज्ञानप्रकाश माविमा मंगलबारदेखि अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ ।

प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले उद्घाटन गरेका छन् । प्रतियोगितामा गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयले सहभागीता जनाएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले प्रतियोगिताले विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि प्रदेश र राष्ट्रिय स्तर सम्म पुग्ने अवसर प्रदान गर्न सहयोग पुग्ने बताए ।

चारदिनसम्म चल्ने सो प्रतियोगितामा भलिबल, दौड ,कबड्दडी र एथलेटिक्स तर्फ छात्र÷छात्राको विभिन्न १५ वटा बिधाका खेलहरु सञ्चालन हुने भएका छन् ।

प्रतियोगितामा प्रथम, दितृय र तितृय हुने विद्यालयलाई रनिङ्ग शिल्ड, कप र मेडल सहित क्रमश ः पचास हजार, पच्चिस हजार र पन्ध्र हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थी र दानामा बसोबास गर्ने विभिन्न जातजातिको पहिचान झल्कने झाँकी सहितको ¥याली आयोजना गरिएको थियो ।