धरानका निर्माण व्यवसायी अपहरणमा परेको आशंका

846
views

धरान । सुनसरी धरान उप–महानगरपालिका–१४ का निर्माण व्यवसायी (ठेकेदार) अनोज भट्टराई बेपत्ता भएका छन् । भट्टराई सोमवारदेखी सम्र्पकविहिन भएका हुन् ।

सोमबार बिहान ८ बजेतिर सडक डिभिजन कार्यालय विराटनगरमा ठेक्का वापतको रकम भुक्तानी लिन घरबाट हिँडेका उनी सम्र्पकविहिन छन् । परिवारले उनलाई अपहरणमा परेको आशंका गर्दै खोजीकार्यका लागि इप्रका धरानमा जाहेरी दिएका छन् ।

अनोजको मोवाइलबाट उनकी श्रीमतीको मोवाइलमा अनुज मसँग छ, पछि कल गरौंला, बाई भन्ने म्याजेस आएपछि मोवाईलमा समेत सम्र्पक हुन नसकेकोले अपहरणमा परेको परिवारले आशंका गरेको छ ।

भट्टराई अपहरणमा परेको भन्दै जाहेरी परेपछि उनको खाजीकार्य शुरु गरिएको इलका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक सुमनकुमार तिम्सिनाले बताए ।